मेलम्ची खानेपानी आयोजनाको कार्यालय वरपर प्रदर्शन गर्न निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मेलम्ची खानेपानी आयोजनाको कार्यालय वरपर प्रदर्शन गर्न निषेध

सिन्धुलाल्चोक, २० भदौ । मेलम्ची खानेपानी आयोजनाको कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सिन्धुलाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शुक्रवार आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।

मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम आजदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

चिलौने बस्ती र दक्षिणमा सिन्धुखोलाको २०० देखि ५०० मिटर क्षेत्रलाई पनि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);