२९ लाख ८० हजार अबैध रकम सहित एक भारतीय नागरिक प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२९ लाख ८० हजार अबैध रकम सहित एक भारतीय नागरिक प्रहरीको फन्दामा

कैलाली, २० भदौ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अबैध रकम र कार सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकी पाएपछि नाकामा गाडी कुरेर बसेको प्रहरीले धनगढीको नेपाल भारत सिमा क्षेत्र त्रिनगर भन्सार नाकामा इन्ट्रि गरीसकेपछि गाडी नियन्त्रणमा लिएको थियो ।

यूपी ३१ एके ७३४८ नम्वरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँ सहित भारत पलिया खिरि घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर– १ बस्ने अतुल बर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

चालकको खुट्टा राख्ने स्थानको तल तीन लाख भारतीय र सोही गाडीको आगाडीको भागमा बायाँ ढोकामा रहेका नटबोल्ट खोली भित्र पच्चिस लाख नेपाली रकम भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अतुल बर्मा धनगढीमा रहेको शुमम सुनचाँदी पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);