ललिता निवास प्रकरणका आरोपीहरुले दिएको निवेदन सर्वोच्चद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललिता निवास प्रकरणका आरोपीहरुले दिएको निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले निवेदन खारेज गरिदिएको हो ।

यस प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै आरोपितहरुले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);