दशै विदाको समयमा सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

दशै विदाको समयमा सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन

sarbochha adalat

काठमाडौं, ५ कात्तिक । दशै विदाको समयमा सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परेका छन् ।

घटस्थापनाका दिन देखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट मध्ये ४ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएका छन् । त्यसैगरी ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरु छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो । साथै एउटा बन्दी प्रत्यक्षीकरणको रिटकोे सम्बन्धमा सोमबार इजलास तोकिएको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्धा हेर्नका लागि पुर्ण इजलासबाट न्यायाधिश तोक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार १५ दिने सार्वजनिक विदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पुर्ण बैठकबाट न्यायाधाीशहरु प्रकाश मान सिंह राउत, विश्वम्भर प्रसाद श्रेष्ठ, केदार प्रसाद चालिसे, दिपकराज जोशी र सपना प्रधान मल्ल तोकिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);