सर्वोच्च अदालतमा आधा दर्जन बन्दी प्रत्यक्षीकरणका रिट दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

काठमाडौं, १८ असोज ।  दशैको सार्वजनिक विदामा सर्वोच्च अदालतमा आधा दर्जन बन्दी प्रत्यक्षीकरणका रिट परेका छन् ।

नागरिकको न्यायमाथिको हक सुरक्षित गर्दै सर्वोच्च अदालतले दशै विदामा पनि कार्यालय संचालन गरेपछि व्यक्तिका ६ वटा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । अन्तशुल्कको नक्कली स्टिकर बनाई ठगी गरेको आरोपमा पक्राउ परेका विनोद गुप्ता, प्रहरीले पक्राउ गरी गायव बनाएको भनिएका होम बहादुर थापा, विद्यार्थीलाई कोरिया पठाईदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पदम राज पाठक, दिवाकर बाबु भट्टराई र मनोज चौधरीको बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आन्तरिक राजश्व कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरिय प्रहरी अपराध महाशाखा टेकु विरुद्ध लामो सार्वजनिक विदाको समयमा पक्राउ गरी वेपत्ता बनाएको भन्दै उनीहरुका नातेदारहरुले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिट माथि १२ घण्टा भित्र इजलास तोकी न्यायिक प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको सर्वोच्च अदालतका सहायक रजिष्टार नारायण पन्थीले जानकारी दिए ।

नेपालको संविधानको धारा २० मा न्याय सम्बन्धी हकको व्यवस्था गरि विना कारण कुनै पनि व्यक्तिलाई पक्राउ गरी थुनामा राखिने छैन भन्ने व्यवस्था छ । यसरी पक्राउ परेमा मुद्धा हेर्ने अधिकारी समक्ष २४ घण्टा भित्र सशरिर उपस्थित गराउनु पर्ने व्यवस्था छ । सर्वोच्च अदालतले उपत्यकाका लागि सर्वोच्च अदालत र बाहिरका लागि जिल्ला न्यायाधीश अन्र्तगत बन्दीप्रत्यक्षीकरणको रिट हेर्ने व्यवस्था मिलाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);