प्रधानमन्त्रीलाई देउवाको प्रश्‍न - आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रधानमन्त्रीलाई देउवाको प्रश्‍न – आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

Oli-Dahal-Deuba

काठमाडौं, १ भदौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि तीनैजना नेताबीच कुराकानी भएको हो । कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार जानुभएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा देउवासंग परामर्श गर्नुभएको हो ।

सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो,कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीसँगको भेटमा देउवाले लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि सरकारले उनीहरुलाई सुरक्षित स्थानमा नसार्नु दुखद भएको भन्दै त्यसको जवाफदेहिता सरकारले लिनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोपछ ।भेटमा देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पु¥याउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);