अध्यादेश प्रकरण नसकिँदै प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अध्यादेश प्रकरण नसकिँदै प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

pm oli

काठमाडौं, २ पुष । अध्यादेश प्रकरण नसेलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद् र त्यो लगतै मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ । मंगलबार मात्र संवैधानिक परिषद्को कार्यविधि संशोधनका लागि अध्यादेश जारी भएको थियो ।

तर नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच बैठकमा सो अध्यादेश फिर्ता गर्ने र अध्यादेश विरुद्ध संसद्को विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियात रोक्नेगरी सहमति भएको थियो । सोसँगै अवरुद्ध रहेको नेकपा स्थायी समितिको बैठक बसेको थियो ।

आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक अगावै संवैधानिक परिषद्को बैठक बोलाएपछि राजनीतिक वृतमा अनेक शंका उपशंका सुरु भएको छ । प्रधानमन्त्रीले साँझ ५ बजे संवैधानिक परिषद् र त्यसलगतै मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । संवैधानिक परिषद्को बैठक ५ बजे बस्ने खबर आएको कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले ईमाउन्टेनटिभीलाई जानकारी दिनुभयो ।

यसअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षीदलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोेटा उपस्थित हुनु भएको थिएन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);