प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

हाल लोकसेवा आयोग, अश्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक आयोगहरुमा पद रिक्त छन् ।

पछिल्लो पटक बसिएका संवैधानिक परिषद्का बैठकहरुमा समामुख र विपक्षी दलका नेता उपस्थित थिएनन् । उनीहरु उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले नयाँ अध्यादेश ल्याई नियुक्ति गरेका थिए ।

यसपटक पनि अध्यादेशमार्फत नै नियुक्ती हुन लागेको छ । गएको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);