अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन् र अलोकतान्त्रिकः नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन् र अलोकतान्त्रिकः नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन् एवम् अलोकतान्त्रिक भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सामाजिक सञ्जाल मार्फत् कोरोना नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्रीत हुनु पर्ने समयमा गलत बाटोबाट संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

गएको मंगलबार राष्ट्रिपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् भने शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकमा संवैधानिक आयोगहरुमा रिक्त रहेका पदपूर्ति गरिने बताइएको छ ।

यसैसन्दर्भमा नेता नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–‘कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्रीत हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य हो । ’

‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।’

नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरु बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रीत गर्न समेत आह्वान गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);