भारतले जारी गरेको नयाँ राजनीतिक नक्साप्रति नेपालमा चौतर्फी बिरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतले जारी गरेको नयाँ राजनीतिक नक्साप्रति नेपालमा चौतर्फी बिरोध

काठमाडौं, २१ कात्तिक । भारतले हालै प्रकाशित गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी क्षेत्रको केहि भुभागलाई समेत समावेश गरेको पाईएपछि भारतविरुद्ध नेपालमा चौतर्फि विरोध भएको छ ।

भारतको नेपालप्रति हेपाह प्रवृत्ति देखिएको भन्दै त्यसविरुद्ध आमनागरिक विरोधमा देखिएका छन् । सीमा विवाद सुल्झाउन तत्काल कुटनीतिक वार्ता गर्न सरोकारवालाले सरकारलाई दवाव दिएका छन् ।

विभिन्न पार्टि र पार्टी समर्थित भातृसंगठनहरुका साथै विभिन्न संघसंस्था र आम नेपाली नागरिकले विरोध गरिरहेका छन् ।

नक्सा प्रकाशनपछि नेपाल सरकारले एकपक्षीय भारतीय निर्णय मान्य नहुने प्रतिक्रिया दिँदै असहमति जनाएको छ । परराष्ट्र मन्त्रालयले २०७६ कार्तिक २० गते प्रेस विज्ञप्तिजारी गरेर नेपाललाई भारतले जारी गरेको नक्सा मान्य नहे बताइसकेको छ।

यो संगै भारतको यो कदमलाई लिएर परराष्ट्रविद् डा.दिनेश भट्टराईले नेताहरुको स्पष्ट व्यवहार नभएकै कारण भारतले नेपाललाई हेपेको बताउँदै नेपालको कुटनीतिक पहल युद्धस्तरमा नभएको बताउनुभयो ।

नेपाली सीमा क्षेत्रमा भारतीय दादागिरी नयाँ होइन । उसले सुस्ता लगायतका क्षेत्रमा पटक–पटक किचकिच गर्दै आएको छ । कतै सीमास्तम्भ उखेल्ने काम भएका छन् । कतै रातारात सारिएका छन् । कतै एकलौटी बाँध बाँधेर नेपाली भूमि डुबानमा पारिएका छन् । हुँदाहुँदै अब सुगौली सन्धीले कायम गरेको सीमासमेत मिचिन थालेको छ ।

नेपालले कुटनीतिक रुपमा यसको तत्काल समाधान गरि देशको सार्वभौमिकता र स्वाभिमानको ख्याल गरि देशको सिमा रक्षा गर्न पहल गर्नुपर्ने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै कालापानी नेपालको हो र नेपालकै रहने प्रस्ट पारिसक्नु भएको छ । संसदीय समितिले पनि यो विषयलाई चासो दिएको छ । राजनीतिक दलहरूले विरोध जनाएका छन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत केही प्रष्ट पार्न खोजे पनि तालुक कार्यालय नापी विभाग अहिलेसम्म मौन छ । भाषण र कागजी रुपमा भन्दा पनि प्रमाण जुटाएर तत्काल कूटनीतिक माध्यमबाट समाधान खोजी गर्न र आफ्नो सिमाको रक्षार्थ दृढ बन्नु सरकारको दायित्व हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);