परराष्ट्र मन्त्रालयले नेपाली भाषामा जारी गरेको विज्ञप्तीप्रति विज्ञको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

परराष्ट्र मन्त्रालयले नेपाली भाषामा जारी गरेको विज्ञप्तीप्रति विज्ञको आपत्ति

काठमाडौं, २१ कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग भारतमा गाभेको विषयलाई परराष्ट्र मन्त्रालयले नेपाली भाषामा विज्ञप्ति जारी गरेकोमा विज्ञहरुले आपत्ति जनाएका छन् ।

नेपाली भुमीलाई भारतले आफ्नो भुमि भएको नक्सामा देखाएको लगत्तै नेपालका विभिन्न राजनितीक दल, विधार्थी युनियन, बुद्धिजीविहरु लगायत समाजिक अभियान्ताहरुले विरोध गरिरहेका छन् ।

यस्तो बेला परराष्ट्र मन्त्रालयले नेपालीमा आपत्ति जनाउँदा अन्तर्राष्ट्रिय समुदायले नबुझ्ने हुँदा अंग्रेजी भाषामा विज्ञप्ती जारी गर्नुपर्ने इन्जिनीयर दिपेन्द्र कँडेलले माग गरेका छन् ।

यस विषयमा पुर्वप्रधानमन्त्रीहरुको पनि स्पष्ट धारणा आउनु पर्ने उहाँको भनाइ छ । अहिले भारतले जारी गरेको नक्साको नेपालमा चौतर्फि विरोध भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);