नेपालको सीमा नमिचेको भारतको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

नेपालको सीमा नमिचेको भारतको दाबी

काठमाडौं, २१ कात्तिक । भारतले आफ्नो नयाँ नक्सामा नेपालको सीमा नमिचेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै उनले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका हुन ।

उनले सीमा समस्या समाधान गर्न भारत तयार रहेको बताउँदै नेपालसँगको सीमा निर्धारण दुई पक्षीय सम्बन्धको मर्म र समस्याका आधारमा समाधान हुनपर्ने जोड दिएका छन् ।