पर्वबिदाका अवसरमा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश र शाखा कार्यालयहरु ४ घण्टा खुला रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्वबिदाका अवसरमा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश र शाखा कार्यालयहरु ४ घण्टा खुला रहने

rastriya manab adhikar aayog

काठमाडौं, ३० असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने जनाइएको छ । नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

सो अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमन गर्ने समेत जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);