बुटवलमा दशैंको चहलपहल बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बुटवलमा दशैंको चहलपहल बढ्यो

butwal ma dashain ko chahal pahal

विवश शैजुवाल
वुटवल, असोज ३० । दशैं लागे संगै प्रदेश–५ को राजधानी बुटवलमा चहल पहल वढेकोे छ । बुटवलका ठुला चोक तथा बजारमा अहिले कोही वस कुरेर वसेका भेटिन्छन् त कोही बजारमा किनमेल गर्न व्यस्त छन् ।

दशै लागेसंगै बुटवलको बसपार्क, ट्राफिक चोक, मिलन चोक, पुष्पलाल पार्क, चौराहा लगायतका ठाउँहरुमा भिडभाड वढेको छ । घर जानका लागि कोही सडकमा सवारी साधनको पखाईमा भेटिन्छन, त कोही बजारमा किनमेल गर्न व्यस्त छन् ।

वुटवलको पश्चिम नेपाल बस समितीका अनुसार अहिले दैनिक करीब ९० हजार यात्रुहरु यात्रुहरु दैनिक यात्रा गरिरहेका छन् । यात्रुहरुलाई समस्यामा नपरोस् भने थप ५ सय बस थपिएको पश्चिम नेपाल बस व्यवसायी समितीले जनाएको छ ।

त्यसैगरी, भारतको सीमा क्षेत्र जोडिएको बेलहिया नाकाबाट पनि ठुलो संख्यामा नेपालीहरु दशै मान्न घर आईरहेका छन् । ठुला झोला, परिवार सहित लामा लस्कर नेपालीहरु अहिले नाकामा देखिन्छ

यता, प्रदेश–५, को सरकारले चाडपर्वमा हुने सक्ने सुरक्षा लगायतका व्यवस्था चुस्त दुरुस्त बनाएको छ । प्रदेश सरकार मातहत ४ वाट उच्चस्तरिय समितिहरु गठन गरी सुरक्षा लगायतका व्यवस्था प्रभावकारी बनाएको आन्तिकि मामिला तथा कानून मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);