गाडी नचलाए इजाजत खारेज गरिदिने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गाडी नचलाए इजाजत खारेज गरिदिने सरकारको तयारी

yatayat bibhag

काठमाडौं, २१ वैशाख । सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले रुट परमिट लिएर पनि सवारी साधन सञ्चालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने तयारी गरेको हो ।

विभागका निर्देशक तुलसीराम अर्यालले विभिन्न स्थानमा अनुगमन भईरहेको र लगत संकलनपछि संचालन नभएका सवारी साधनको रुट परमिट खारेज गर्ने बताए ।

विभागले रुट परमिट खारेज गरेपछि सरकारले ती सवारी साधनलाई नियन्त्रणमा लिई आफै संचालन गर्नेछ । शुक्रबार मुलुकभर २४ वटा कम्पनीको ७ सय १७ वटा बस संचालनमा छन् ।

केही विद्यालयका सवारी साधनलाई पनि सार्वजनिक यातायातको रुपमा संचालनमा ल्याईएको छ । व्यवसायीले सवारी साधन संञ्चालनमा अवरोध पु-याएमा निजी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालय लगायतका सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा संचालनमा ल्याउने विभागको तयारी छ ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायी भने सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा आन्दोलनमा छन् । जसका कारण आज देशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);