मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

gadi vada

काठमाडौं, २० चैत । सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट बाटो इजाजतपत्र सरकारले खारेज गर्ने भएको छ ।

साविकको यातायात व्यवस्था कार्यालय साना ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघ समितिले काभ्रे र भक्तपुरका सबै ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।