दसैंमा सार्वजनीक सवारीसाधनलाई देशभर रुट परमिट खुल्ला हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दसैंमा सार्वजनीक सवारीसाधनलाई देशभर रुट परमिट खुल्ला हुने

काठमाडौं । दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट परमिट खुला हुने भएको छ । दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको विभागले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

असोज १० गते घटस्थापनाको दिनेदेखि २३ गते पूर्णिमाका दिनसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट परमिट जरुरत पर्ने छैन । यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने विभागले प्रष्ट पारेको छ । त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । कोभिड १९ को जोखिम यथावत रहेकाले दसैंका यात्रुलाई यातायात व्यवसायीले मास्कको प्रयोग गराउनुपर्नेछ । दसैंका लागि असोज १ देखि सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);