अछाममा छैन एउटा पनि क्रिकेट मैदान, प्रतियोगिता खेतमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अछाममा छैन एउटा पनि क्रिकेट मैदान, प्रतियोगिता खेतमा सञ्चालन

सुशील भण्डारी
अछाम, २९ वैशाख । संघीयता अनुसार खेल संरचनाको विस्तार गर्ने तयारी भइरहँदा अछाम जिल्लामा एउटा पनि क्रिकेट मैदान छैन । अहिलेसम्म जिल्लामा हुने खेल प्रतियोगिताहरु खेतमा सञ्चालन हुँदै आएका छन् ।

खेलाडीलाई दक्ष बनाउन खेल मैदान र अन्य भौतिक पुर्वाधारको आवश्यक पर्छ । तर, अछाम जिल्लामा एउटा पनि क्रिकेट मैदान छैन । जसले गर्दा विभिन्न जिल्लास्तरिय प्रतियोगिता आयोजना गर्न अप्ठेरो परेको छ ।

मंगला विकास क्लबले जिल्ला स्तरीय क्रिकेट प्रतियोगीतको आयोजना गर्न थालेको ११ वर्ष भयो । मैदान नहुँदा जिल्ला स्तरिय खेल प्रभावित बनेको छ । अहिलेसम्म प्रतियोगितालाई बाँझो जमिनमा सञ्चालन गर्ने गरिएको छ ।

क्रिकेट खेलको आयोजना गर्न किसानहरुले हतारिएर खेतको बाली भित्र्याउने गरेको सरोकारवाला बताउँछन् । क्षेत्र नम्बर २ मा क्रिकेट मात्र नभई खेलकुदका अन्य क्रियाकलापहरु सञ्चालन गर्नका लागि पनि खेलकुद मैदानको खाँचो रहेको स्थानीय युवाहरुले औंल्याएका छन् ।

यता जनप्रतिनिधिले भने खेलाडी र खेलप्रेमीको माग सम्बोधन गर्दै चाँडै खेल मैदान निर्माण गर्ने बाचा गरेका छन् । जनप्रतिनिधिले यो बाचा पूरा गर्न इमान्दार हुनुपर्नेमा खेल क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);