धनगढीमा निर्वाचन क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

धनगढीमा निर्वाचन क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

पाण्डव पुजारा, २४ चैत्र कैलाली ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमको कैललालीमा निर्वाचन ब्यवस्थापन तथा सञ्चालन बिषयक क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार देखि शुरु भएको छ । स्थानिय तहको निर्वाचनलाई ब्यवस्थित ढ्रंगले सफल पार्नको लागि निर्वाचन आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको हो ।

धनगढीमा निर्वाचन क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

 

 

पाण्डव पुजारा, २४ चैत्र कैलाली । स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमको कैललालीमा निर्वाचन ब्यवस्थापन तथा सञ्चालन बिषयक क्षेत्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सोमबार देखि शुरु भएको छ । स्थानिय तहको निर्वाचनलाई ब्यवस्थित ढ्रंगले सफल पार्नको लागि निर्वाचन आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको हो । सुदूरपश्चिमका ९ वटा जिल्ला र मध्यपश्चिमको बर्दिया गरी १० वटा जिल्लाका ९६ जना निर्वाचन अधिकृतहरुको प्रशिक्षणमा सहभागि रहने छ । १० जिल्लाहरु मध्ये ६ जिल्लाका निर्वाचन अधिकृतहरुको प्रशिक्षण तालिम चलि राखेको र कैलाली कञ्चनपुर बझाङ र बैतडीमा भने चैत्र ३० र ३१ गते तालिम शुरु हुने सुदूरपश्चिम क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख मोहन अर्यालले बताउनु भयो ।

 

स्थानिय तहको तयारीका लागि तालिम सकिसकेपछि मुख्य निर्वाचन अधिकृतहरु बैशाख ३ गते भित्रै आ आफ्नो कार्य क्षेत्रमा गइ सक्ने छन् भने अन्य निर्वाचन अधिकृतहरु भने बैशाख १२ गते भित्रै गइ सक्ने छन् । सुदूरपश्चिमको कैलाली बाहेक सबै जिल्लाहरुमा मतदाता शिक्षा सकिसकेको छ । तर कैलालीमा ५ सय जति मतदाता शिक्षाका लागि कार्यकता आवश्यक भएकाले कैलालीमा मतदाता शिक्षा तालिम भइरहेको प्रमुख आर्यलले बताउनु भयो । ११ सय भन्दा बढि मतदान स्थल रहेको सुदूरपश्चिममा सामाजिक परिचालक,महिला स्वास्थ्य स्वयम सेविका र एस एल सी भन्दा माथिका बिद्यार्थीहरुलाई समाबेश गरेर मतदान शिक्षा तालिम सुरु गरेको प्रमुख अर्यालले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);