विरोध गर्दै मोर्चाद्वारा निर्वाचन तालिम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विरोध गर्दै मोर्चाद्वारा निर्वाचन तालिम स्थगित

श्याम गुप्ता
बारा , ३ बैशाख ।
स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व विकाश र सहभागिता अभिबृदिका लागि निर्वाचन शिक्षा सम्बन्धि स्थानिय तहको तालिम सयुक्त मोर्चाका कार्यकर्ताहरुले आईतवार बारामा विरोध गरेका कारण स्थगित हुदाँ अन्यौलता वढेको छ ।

विरोध गर्दै मोर्चाद्वारा निर्वाचन तालिम स्थगित

 

 

श्याम गुप्ता बारा , ३ बैशाख । स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व विकाश र सहभागिता अभिबृदिका लागि निर्वाचन शिक्षा सम्बन्धि स्थानिय तहको तालिम सयुक्त मोर्चाका कार्यकर्ताहरुले आईतवार बारामा विरोध गरेका कारण स्थगित हुदाँ अन्यौलता वढेको छ । जिल्ला निर्वाचन कार्यलय बाराले कलैया स्थित होटल ईनमा आज देखि सञ्चालन गरिएको स्थानीय निर्वाचनमा महिला नेतृत्व विकाश र सहभागिता अभिबृदिका लागि निर्वाचन शिक्षा सम्बन्धि स्थानिय तहको तलिममा कार्यक्रम स्थलमा पुगि विरोध गरे पछि तालिम स्थगित भएको हो । जिल्ला निर्वाचन कार्यलयले प्रत्यक राजनितिक दलका जिल्ला स्थित कार्यलयमा परिपत्र गरि बोलाईएको भएता पनि सयुक्त मधेशी मोर्चामा आवद्घ दलका महिला नेतृहरुको उपस्थिती नभएको निर्वाचन कार्यलयले जनाएको छ ।

 

८० जना महिलाहरुलाई तालिम गराउँन उद्देश्य भएता पनि ४० जना महिलाहरु मात्र सहभागि भएका थिए । तालिम स्थल मैं मोर्चाका कार्यकर्ताहरुले विरोध गरे अनि सहभागि महिलाहरु केहिवेर तनाव सृजना भई तितर बितर भएका थिए । तालिम स्थगित भए पश्चात मोर्चाका कार्यकर्ताहरुले नगर परिक्रमा गरि केहि घण्टा जिल्ला निर्वाचन कार्यलय घेराउ समेत गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले सरकार तथा प्रतिपक्षि एमाले विरुद्घ चर्को नाराबाजि गर्दै सरकारले सयुक्त मधेशि मोर्चाको माँग पुरा नगरुन्जेल सम्म कुँनै पनि हालतमा निर्वाचन हुँन नदिने बताएका थिए ।

 

सयौंको संख्यामा निर्वाचन कार्यालय घेराउ गर्न गएका कार्यकर्ताहरुलाई लक्षित गर्दै त्यस क्षेत्रको वरिपरि बाक्लो सुरक्षार्मी परिचालन गरिएको थियो । दुई नम्बर प्रदेश अन्तर्गत बारा जिल्लामा दई वटा उपमाहानगरपालिका चार वटा नगरपालिका र ९ वटा गाउँपलिका रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);