बढ्दो संक्रमणका कारण थप सतर्कता आवश्यक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बढ्दो संक्रमणका कारण थप सतर्कता आवश्यक (भिडियाेसहित)

नेपाल यतिबेला दोश्रो लहरको डबल म्युटेण्ट कोरोना भाइरसको महामारीमा फसेको छ । गत बर्षको चैतबाट नेपालमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको आतंक केही समय सुस्ताएको जस्तो देखिए पनि पछिल्ला दिनहरुमा यो गत बर्षको दाँजोमा बढी नै विस्तारित भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संक्रमण दरको तथ्यांक कोरोना संक्रमण कालकै उच्च विन्दुमा पुग्नुले पनि हामी नेपाली यतिबेला अदृष्य कालको ग्रास बन्ने तयारीमा छौं भन्ने देखाएको छ ।

दैनिक संक्रमणदरका आधारमै भन्ने हो भने आइतबार देखिएको संक्रमण दर हालसम्मकै उच्च हो । आईतबार देश भरी गरिएको १६ हजार १४७ जनाको पीसीआर परिक्षणमा ७ हजार १३७ जनाको नतिजामा कोरोना पोजिटिभ पुष्टि भएपछि यतिबेला नेपाल साँच्चै नै संकटमा रहेको पुष्टि भएको छ । र गत बर्षको तुलनामा यस पटक हामी जोखिमको अन्तिम खुड्किलामा उभिन पुगेका छौं । आईतबार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४४ दशमलव २ प्रतिशतमा संक्रमण पुष्टि भएसँगै हामी यतिबेला संक्रमणको उचाईमा आसिन हुन पुगेका हौं ।

यो सँगै गत बर्ष कोरोनाको पहिलो लहरको एकै दिन देखिएको संक्रमणको उच्चदर पनि आईतबारको तथ्यांकले तोडिदिएको छ । गत बर्ष कोरोना संक्रमणको उच्च दर गत २०७७ कात्तिक ५ गते पाँच हजार ७४३ रहेकोमा यो पटक अघिल्लो तथ्यांक भन्दा एक हजार ३९४ जनामा संक्रमण बढेर गएको पाईएको छ । यतिमात्रै हैन यतिबेला औसतमा हामी २९ दशमलव ९५ प्रतिशतका दरले संक्रमित हुँदै गएका छौं । यो दर गत बैशाख १ गते देखि हिजो बैशाख १९ गते आईतबारसम्मको हो ।

स्वास्थ मन्त्रालयको पछिल्लो तथ्यांकले समेत यो अवधीमा मात्र नेपालमा ५५ हजार ४६ जना संक्रमित थपिएको बताएको छ । यो अवधिमा गरिएको कुल १ लाख ८३ हनार ७९१ जनामा गरिएको पीसीआर परीक्षणमा संक्रमणको यो नयाँ भयावह दर देखा परेको हो । यो बैशाखको ४ गते अघिसम्म दैनिक १ हजार भन्दा कम संख्यामा संक्रमित देखिंदै आएकोमा वैशाख ५ गते यता भने दैनिक एक हजारभन्दा बढ्दै गएर आईतबारसम्ममा संक्रमितहरुको संख्याले सात हजार नाघेको छ ।

संक्रमण दर कहाली लाग्दो अबस्थामा बढ्दै गएपछि सरकारले संक्रमणको “चेन ब्रेक”गर्न भन्दै काठमाडौं उपत्यकालगायत मुलुकका २९ भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा आदेश जारी गरेको छ । तर पनि संक्रमण नियन्त्रणमा आउनुको साटो झनै बढेर गएको छ । यसले जनमानसमा थप सतर्कता आवश्यक रहेको देखाइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);