कोरानाको दोस्रो लहर; आफू बाँचे मात्रै संसार देखिने हो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरानाको दोस्रो लहर; आफू बाँचे मात्रै संसार देखिने हो (भिडियाेसहित)

कोरोना महामारीको दोश्रो लहर कोठैभित्र छिरिसक्दा पनि आम मानिस लापरवाह देखिएका छन् । सरकार अन्यौलमा छ । बितेका २४ घण्टमा २८ जनाको मृत्यु भएको छ । ३ हजार १२२ संक्रमित फेला परेकाछन् । अघिल्लो साताको तुलनामा यो संख्या २४१ प्रतिशतले बढेको हो । यसैले पुष्टि हुन्छ हामी कहालीलाग्दो भोलीको यात्रामा छौं । यतिबेला संक्रमितको संख्या जुन रफ्तारमा बढिरहेको छ, त्यसलाई हेर्दा केही दिनभित्रै नेपालको स्वास्थ्य प्रणाली नै तहसनहस बन्ने लगभग तय नै छ । यतिबेला मध्य पश्चिमको नेपाल गञ्ज कोरोनाको हट स्पट बनेको छ र चाँडै त्यो अवस्थामा काठमाडौं उपत्यका नपर्ला भन्न सकिन्न । पछिल्लो २४ घण्टाकै तथ्यांकका आधारमा भन्ने हो भने उपत्यकामा संक्रमित १५ सयले थपिएका छन् । यो २४ घण्टामा मुलुकभर थपिएका संक्रमितहरुको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

गत बर्षदेखि यो आलेख तयार पारुन्जेलको समय अवधिका आधारमा भन्ने हो भने यतिबेला मुलुकभर कुल संक्रमितको संख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ भने सकृय संक्रमितहरु १९ हजार ३ सय ८२ रहेका छन् । पछिल्लो समय भित्रिएको कोरोनाको दोश्रो भेरियण्टले यसमा ज्यामितीय हिसाबले बृध्दि नल्याउला भन्न सकिन्न । तर, महामारीले भयावह स्थिती तर्फ संकेत गरिरहँदा पनि नत जनतामा चेत पलाएको देखिएको छ न सरकारको पर्याप्त चासो नै देखिएको छ । महामारी नियन्त्रणबाट बाहिर जानु अगावै सचेत हुनु पर्ने सरकार यतिबेला भांक्रीले जोखना हेरेजस्तो संक्रमितको संख्या जुटाउँदै छ ।

सरकारबाट गठित कोभिड क्राईसीस म्यानेजमेण्ट कमिटी (सीसीएमसी) को सम्पन्न पछिल्लो बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने सिफारिस गरेर सरकारले गर्दै गरेको महामारी नियन्त्रण तयारीको स्वरुपलाई छर्लंग बनाईदिएको छ । आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कमिटीको बैठकले, सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिने र कोरोना संक्रमण नियन्त्रण बाहिर जाने भएमा लकडाउनको निर्णय लिने निष्कर्ष निकालेको हो ।

दक्षिण एशियामै यतिबेला भारत कोरोनाको हटस्पट बनेको छ । भारतको राजधानी शहर नयाँ दिल्लीको अबस्था झनै भयावह छ । भारतमा कोरोनाले महामारीकै रुपमा लिए लगत्तै भारतीय शहर भएर अन्तराष्ट्रिय गन्तब्यका लागि उड्ने हवाई जहाजलाई कतिपय मुलुकले रोक लगाई सकेका छन् । तर, यहाँ नेपालमा भने दिल्ली काठमाडौ रुटमा दुईतर्फी उडानले निरन्तरता पाई नै रहेका छन् । भारत भएर तेश्रो मुलुकमा जाने उडान स्थगित भए लगत्तै काठमाण्डौ रुट बनाएर तेश्रो मुलुक उड्ने भारतीय यात्रुको चाप पनि यतिबेला ह्वात्तै बढेको छ । यस्तोमा भारतबाट आउने हवाइ उडानमा रोक नलाउने तर्फ कुनै सरकारी चासो देखिएन ।

हिजो मुलुमकमा कोरोना फैलँदै गर्दा तत्कालै सरकारले लगाएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगे पनि ठुलो मानविय क्षती भने भएको थिएन । अहिले जसरी कोरोना संक्रमण विस्तारित भईरहेको छ, त्यस्तो गत साल थिएन । सामाजिक, भौतिक दूरी यतिबेला आडम्बर जस्ता देखिन थालेकाछन् । सरकारी र नीजि क्षेत्रमा गरिने सभा समारोहमा मानिसको उपस्थिती बढ्दो छ । सरकारले निर्धारण गरेका मापदण्ड औपचारिकतामा सिमित हुन पुगेकाछन् । सरकारले गरेन त्यो गलत हो तर, अहिलेको सन्दर्भमा नागरिक समेतले आफ्नो दायित्व बिर्सिंदै गएको देखिन थालेको छ । जनताको स्वास्थप्रति सचेत हुनु पर्ने राजनैतिक दलहरुमा आफु भित्रको राजनीतिक कुण्ठा बिसाउन आयोजना गरिने भेला र प्रदर्शनले आम नागरिकको स्वास्थ्यमाथि नै खेलवाड गरि रहेकाछन् । यस्तोमा आफु बाँचेमात्रै संसार देखिन्छ भन्ने चेत आमनागरिकमा स्थापित हुनु जरुरी छ ।

नेपाल भन्दा सम्पन्न र सबल छिमेकी भारतको यतिबेलाको तस्वीर हेर्दा नेपालले तत्कालै गर्नुपर्ने भनेकै अक्सिजन, भेन्टिलेटर, अस्पतालका बेड लगायतको प्रबन्ध हो । कोरोना महामारीलाई लिएर सरोकारवाला स्वास्थ्य मन्त्रालयले सम्भावित भयावह अवस्थाको पूर्वानुमान गरिसकेको र तत्सम्बन्धमा सरकारलाई अगाह गराई सकेको अवस्थामा सरकारले त्यो चुनौतीको सामना गर्नकै लागि तयारी थाल्न ढिला भईसकेको छ । अघिल्लो पटकको कोरोनाको लहरबाट बँच्नकै लागि तयार गरिएका भौतिक पूर्वाधारलाई तयारी अबस्थामा राख्नै पर्ने भएको छ । योसँगै छिमेकी मुलुक भारतबाट खुला सिमानाको उपयोग गर्दै हुने खुला र अनियन्त्रित आवागमनमाथी कडाई गर्नै पर्ने भएको छ । सिमानामा पर्याप्त परीक्षण, आइसोलेशन आदिको काममा तिब्रता दिन भईरहेको ढिलाईले मुलुक थप चुनौतीपुर्ण अबस्थामा जाने भएकाले समय छँदै यस्ता कामलाई ब्यवस्थित गरिहाल्नु पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);