पर्यटकीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पर्यटनमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पर्यटकीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पर्यटनमन्त्रीको निर्देशन

yogesh-corona

काठमाडौं, १३ माघ । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनालाई लक्षित गरी उपकरणसहित हेल्थ डेस्क राखिएको उल्लेख गर्नुभयो ।

corana meeting

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । महानिर्देश केसीले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);