सबै विवादलाई मेलमिलाप प्रक्रियामा लैजान हुँदैन : न्यायाधीश खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

सबै विवादलाई मेलमिलाप प्रक्रियामा लैजान हुँदैन : न्यायाधीश खतिवडा

melmilap sapath

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताउनुभएको छ ।

वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलाप कर्ताहरुको सपथग्रहण कार्यक्रममा न्यायाधिस खतिवडाले सबै मुद्दाहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताउनुभएको हो । उहाँले मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्म प्रसाद पाण्डेले कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने उल्लेख गर्नुभयो । उहाँले समस्याको समाधानको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भीष्मकरमार भुषालले वैदेशिक रोजगार व्यवसायीहरु ठग्ने र रोजगारीमा जानेहरु ठगिने हुन भन्ने मानसिकता रहदा सम्म मेलमिलापकर्ताहरुमा चुनौति बढ्दै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण गराइएको थियो ।