राजपा सरकारमा जाला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजपा सरकारमा जाला ?

rajapa

काठमाडौं, १३ माघ । मधेसको मुद्दा उठाउँदै आएको राजपाले नेकपा नेतृत्वको सरकारमा सहभागी हुने संकेत बढाएको छ । नेकपासँग मिल्दा राष्ट्रियसभा चुनावमा दुई सिट हात पार्न सफल भएको राजपाले उपसभामुखको पनि आश गरेको छ । त्यति मात्र नभई एक पछि अर्काे फाइदा लिंदै सरकारमा सहभागी हुने गरी राजपाले नेकपासँगको तालमेललाई अघि बढाएको छ । संसदमा स्पष्ट बहुमतमा रहेको नेकपासँग जे पनि हुन्छ र पछि हुने चुनावसम्मलाई सजिलो हुन्छ भन्ने आंकल गर्दै राजापाले सरकारमा जाने संकेत अघि बढाए पनि जाने या नजानेमा भने पार्टी भित्रै ठूलै विवाद छ ।

राष्ट्रियसभाका लागि भएको निर्वाचनमा नेकपा र राजपाबीच भएको चुनावी गठबन्धनसंगै राजपा संघीय सरकारमा सहभागी हुने संकेत बढेको छ । यद्यपी राजपाका शीर्ष नेतृत्वले यसबारे अझै मुख खोलेका छैनन । सरकारमा जाने नजानेबारे सोध्दा सरकारमा जान हतार छैन जस्ता जवाफ दिंदै टार्दै आएका छन् । तर राजनीतिक क्षेत्रमा अब राजपा सरकारमा जाने विश्लेषण हुन थालेको छ । त्यसकै पहिलो कदम नेकपाले समाजवादीसँग भएको तालमेल तोड्दै राजपालाई सहयोग गरेको छ ।

सरकार र त्यसमा पनि नेकपा विरुद्ध कटृर विरोधीको रुपमा देखिएको राजपा एकाएक नेकपासँग मिल्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा पनि हेरिएको छ । नेकपासँग मिल्दा राष्ट्रिय सभामा दुई सिट पाएर दंग भएको राजपा थप दंग पर्न पनि सरकारमा जान लालायित देखिन्छ । सभामुखका लागि समर्थक बनेर पनि राजपा नेकपाको सारथी बन्दै अघि बढेको छ । सरकारमा जान आतुर जस्तै देखिएको राजपाले नेकपासँग थुप्रै माग राखेको छ । ती माग पुरा भए सरकारमा सहभागी हुने राजपा नेपालका नेताहरु बताउँछन् ।

नेकपाका उम्मेदवारलाई सभामुख बनाउन समर्थन गरेको राजपाले प्रतिनिधि सभामा उपसभामुख मागेको छ । प्रदेश २ बाट राष्ट्रिय सभा निर्वाचनमा दुई सांसद पाएको राजपा अब प्रतिनिधि सभामा पनि एक उपसभामुख माग्दैछ । नेकपाल दिए राजपाले सजिलै पाउँछ । किनभिने प्रतिनिधि सभामा नेकपाको एक्लै बहुमत छ । उपसभामुख पाउला नपाउला आफ्नै ठाउँमा छ तर राजपमा जसरी पनि सरकारमा सहभागी हुने कसरतमा देखिन्छ ।

सरकारमा जाने नजानेबारे राजपा भित्र ठूलो विवाद छ । पार्टी भित्र ठूलो जमात सरकारमा जाने पक्षमा देखिन्छ । गइहाले मन्त्री बन्न पाइदैन भन्नेहरु यसको विरोधमा देखिन्छन । राजपा नेपाल मधेसको मुद्दाको समाधान नगरि सरकारमा गए राजपाको अन्त्यको सुरुवात हुने मधेश राजनीतिको विश्लेषकको तर्क छ ।

पछिल्लो समय राजपा नेपाल र नेकपा बिचको बढ्दो सम्बन्धले अगामी राजनितीक बाटो सँगै हिड्ने निश्चत देखिन्छ । राष्ट्रिय सभाको निर्वाचनमा भएको तालमेलले दुई सिट नाफा भएपछि त राजपाका केही नेताहरु नेकपासँगको यो गठबन्धनलाई स्थायी बनाउनु पर्ने अभिव्यक्ति समेत दिन थालेका छन् । मधेशबाटै प्रतिनिधित्व गर्ने नेकपाका केही नेताले पनि यही अभिव्यक्ति दिएका छन् ।

नेकपाको सारथी बन्दै राजपा नेपाल सरकारमा गएमा के मधेसका मुद्दा पूरा हुन्छ कि राजपाले मुद्दा त्याग्छ भन्नेमा अहिले राजनीतिक वृत्तमा जोडघटाउ हुन थालेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);