उपेन्द्र यादबले गल्ती गरे, अब जनताको जिम्मा हामी लिन्छौं : लक्ष्मणलाल कर्ण (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

उपेन्द्र यादबले गल्ती गरे, अब जनताको जिम्मा हामी लिन्छौं : लक्ष्मणलाल कर्ण (भिडियो सहित)

lakshmanlal karna

काठमाडौं, ३१ जेठ । सरकार बनिसकेपछि एउटा नयाँ परिघटना देखा परेको छ । संघिय समाजवादी फोरम सरकारमा सहभागी भएपछि एउटा प्रस्न उठेको छ, प्रदेश २ मा संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर बनेको सरकार अब के हुन्छ भन्ने ? केन्द्रिय सरकारमा राजपा बिपक्षमा रहने भयो तर, उसले समर्थनचाहिँ सरकारलाई दिएको छ । सत्तापक्ष भएपनि राजपा नेपाल सरकारमा सहभागी भएको छैन । फोरम र राजपाले निर्वाचनमा गठबन्धन गरेर सरकार बनाए तर, सरकार गठनपछि एउटा फोरम केन्द्रिय सरकारमा र राजपा भने संविधान संशोधनपछि मात्र सरकारमा सहभागी हुने सर्त राखिरहेको छ । यो राजनीति कसरी अगाडी बढ्छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);