कोरोना भाइरसको संक्रमण रोक्न सांसदद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना भाइरसको संक्रमण रोक्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

sadan

काठमाडौं, १४ माघ । राष्ट्रियसभको विशेष समयमा बोल्ने सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको राष्ट्रिय सभाको बिशेष समयमा सांसद प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले ध्यानाकर्षण गराउनुभयो ।

पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारसंग आग्रह गर्नुभयो ।

सांसद बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषिको व्यवसायीकरण, बजारीकरण र शहकारीकरण तथा युवाहरुलाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगति जानकारी गराउन पनि माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);