नवनिर्वाचित सभामुखलाई कांग्रेको तर्फबाट पूर्ण सहयोग हुन्छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नवनिर्वाचित सभामुखलाई कांग्रेको तर्फबाट पूर्ण सहयोग हुन्छ : देउवा

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो ।

विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उहाँले त्यसतर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “मलाई विश्वास छ । सभामुख भईसकेपछि तपाई कुनै पार्टीको सभामुख होइन नि । सम्पुर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलीका दिनमा तपाईको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पुरा सहयोग गर्ने बचन दिन्छु ।”

उहाँले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो । खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरु हटाउनुपर्यो ।”

उहाँले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “कोरोना भाईरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु । कारोना भाईरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो । चीनसंगको सिधा उडानले झन् जोखिम पुर्याएको छ ।”

उहाँले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अमेरिकाले भनिसक्यो । चिनले बोलिसक्यो हामीलाई आपत्ती छैन भनेर । कसले आपत्ती गरेको छ यहाँ ? ”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);