किन हुन्छ पुन: कोरोना संक्रमण ? | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

किन हुन्छ पुन: कोरोना संक्रमण ?

corona-test

बिनिता केसी

काठमाडौं, २९ वैशाख । चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको नोबेल कोरोनाभाइरस नयाँ भाइरस हो । विश्वमा कोरोना संक्रमित भएर निको भई घर फर्किने धेरै छन् । उपचारपछि घर फर्किएकालाई पुनः संक्रमण देखिन थालेको छ । नेपालमै पनि कोरोना संक्रमणबाट निको भएर घर फर्केका एकजनामा पुनः संक्रमण देखापरेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभरमा कोरोनाभाइरस संक्रमण ४१लाख ७९हजार बढीमा देखा परेको छ । हालसम्म १५लाख को सेरोफेरोमा मानिस निको भएर घर फर्किदाँ २लाख ८३ हजार मानिसको मुत्यु भइसकेको छ । नेपालमा पनि हालसम्मका संक्रमति १२० जनामध्ये ३१ जना उपचारपछि घर फर्केका छन् ।

केही राष्ट्रमा उपचारपछि घर फर्केका संक्रमितलाई पुनः कोरोना संक्रमण देखा परेको छ । अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा१ सय ६४ जना उपचाररत रहेका छन् । बाग्मती प्रदेशमा ७जनामा संक्रमण देखिएकोमा ६ निको भएका छन । देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १३ हजार ६ सय २५ जना रहेका छन् ।

संक्रमितको नमुना लिदाँ नाक, घाँटी दुवैबाट सही तरिकाले नमुना लिएर पिसिआर टेष्ट सावधानीका साथ गर्नुपर्ने समेत चिकित्सकहरु बताउने गरेका छन । कोभिड आशंकामा प्रयोगशालामा परीक्षण गर्दा गल्ती हुँदा पुन संक्रमण देखापर्न सक्ने चिकित्सकहरु बताउने गर्छन । नेपालमा संक्रमित निको भएर गएपछि फलोअपमा आउने १४ दिनसम्म होम क्यारेन्टाइनमा बस्ने भन्ने गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाको संक्रमण बढीरहेको छ । संक्रमणको दर बढेपनि परीक्षाण निकै सुस्त छ । परीक्षण सुस्त हुँदा थप त्रास बढेको छ । संघीय सरकारले प्रदेश अस्पतालमा अबिलम्ब कीट पठाउन विशेष पहल गर्न आवस्यक छ ।

एक पटक संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमित हुने सम्भावना हुने नहुने विषयमा अनुसन्धान हुने क्रम जारी छ । विश्व स्वास्थ्य संगठनले निको भएपछि पनि ढुक्क नहुन आग्रह गरेको छ । यघपि कोभिड १९ संक्रमण दोहोरिएर देखापर्ने वा नपर्ने बारे पत्ता लगाउन अनुसन्धानको पाटोलाई फराकिलो बनाउनुपर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);