काठमाडौं, २६ माघ । नेपाल तरुण दलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका सबै दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
तरुण दलले उक्त प्रकरणमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको आइतवार विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागीले सरकारले अरु दोषीलाई उम्काएर गच्छदारलाई फसाएको आरोप लगाएका थिए ।




