पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारका नाममा नामसारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारका नाममा नामसारी

lalita niwas

काठमाडौं, २६ माघ । सक्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारका नाममा नामसारी भएको छ । अदालती प्रक्रियामा प्रवेश भएको विषयमा अदालती प्रकृया सुरु हुनु अघि नै उनीहरुको नाममा रहेको जग्गा सरकारको स्वमित्वमा ल्याइनु कानून संवत नभएको टिप्पणी गरिएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका बहालवाला न्यायाधिश कुमार रेग्मीको नाममा रहेको वालुवाटार स्थित ललिता निवासको जग्गा सरकारका नाममा नामसारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निजको नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउनका लागी पत्राचार गरेको छ । सोहि आधारमा शुक्रबार उक्त जग्गा सरकारी स्वामित्वमा आइसकेको डिल्लीबजार स्थित मालपोत कार्यालयका प्रमुख गोविन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसअघि न्यायाधिश रेग्मीको नाममा १ आना १पैसा बढी जग्गा र पौडेलको नाममा ८ आना जग्गा रहेको थियो । तर बालुवाटार जग्गा प्रकरण बाहिर आएपछि रेग्मी र पौडेलको नाउमा रहेको जग्गा सरकार स्वामित्वमा आएको हो । जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार बिशेष अदालतमा १७५ जना विरुद्व मुद्वा दाएर गरेको छ ।

अदालती प्रक्रियामा प्रवेश भएको विषयमा अदालतबाट टुंगोमा पुग्नु अगाडि नै हतारहतार जग्गा फिर्ता गर्नु कानूनसम्मत नभएको टिप्पणी गरिएको छ ।

गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको एकै प्रकृतिको मुद्वामा ६५ जनालाइ प्रतिवादी बनाइनु तर पौडेल र रेग्मीले सरकारलाई जग्गा फिर्ता दिन मञ्जुर भएको कारण देखाउदै मुद्वा दाएर भएको थिएन । यस नजिरले अख्तियार पनि विवादबाट अछुतो रहन सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);