नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २० फागुन। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति देउवा निवास बुढानिलकण्ठमा बिहीबार दिउँसो ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने भए पछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताहरुको भनाई छ । यसैबीच कांग्रेस भित्र सरकारमा जाने नजाने भन्ने विषयमा फरक–फरक बिचारहरु व्यक्त हुँदै आएका छन् । सभापति देउवालगायत संस्थापन पक्ष सरकारमा जानुपर्ने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सरकारमा जान नहुने अडानमा छ ।

बुधबार देउवा र पौडेलबीच एउटै मञ्चबाट फरक–फरक धारणा आएका थिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);