नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै, जसपासँग पनि आजै छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै, जसपासँग पनि आजै छलफल हुने

काठमाडौं, २८ फागुन। नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थितीमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ । यता, पौडेल समूहको बैठक आज बिहान महामन्त्री शशांक निवास महारजगञ्जमा बसेको थियो ।

यसैबीच जनता समाजवादी पार्टी जसपा नेपाल र कांग्रेसबीच छलफल हुँदैछ । जसपा नेताहरूसँग सभापति देउवालगायतले अपरान्ह ४ बजे बुढानिलकण्ठमा नै छलफल गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);