नेकपा दाहाल–नेपाल पक्षका सांसदहरुको पेरिसडाँडामा बैठक, अनिवार्य उपस्थित हुन ह्विप जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा दाहाल–नेपाल पक्षका सांसदहरुको पेरिसडाँडामा बैठक, अनिवार्य उपस्थित हुन ह्विप जारी

काठमाडौं, २० फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल पक्षले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।


देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा दाहाल–नेपाल पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो ।

बुधबारको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे बिहीबारको बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);