कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दै

काठमाडौं, ९ चैत। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ ।

आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी तथा पूर्व पदाधिकारीको सहभागिता रहने बैठकमा आगामी महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गर्नेछ ।

कांग्रेस भित्र सरकारमा जाने नजाने भन्ने विषयमा अन्यौलता सिर्जना भइरहेको समयमा बस्न लागेको बैठकलाई अर्थपुर्ण मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै अन्य राजीनितक दलसँग सहकार्य गरेर प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै आएको छ भने सभापति शेरबहादुर देउवापक्षले भने परिस्थिति अन्ुकुल अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);