नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

nepali congress

काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);