कांग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्य हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्य हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिकाे बैठक सक्ने तयारी भए‍ पनि नेताहरूले बाेल्ने पालाे नसकिएकाले लम्बिएकाे हाे ।

यसपटककाे कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आराेप-प्रत्याराेप सुरु भएकाे छ । खासगरी महामन्त्रीद्वय गगन थापा र‍ विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);