एभियान्का विमानको अन्डरक्यारेजमा दुई शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एभियान्का विमानको अन्डरक्यारेजमा दुई शव फेला

एजेन्सी । कोलम्बियाको राजधानी बोगोटामा मर्मतसम्भारको क्रममा एभियान्का विमानको अन्डरक्यारिजमा दुई युवाको शव फेला परेको छ।

एयरलाइन्स र कोलम्बियाको महान्यायाधिवक्ताको कार्यालयका अनुसार चिलीको सान्टियागोबाट आएको विमान शुक्रबार साँझ बोगोटामा अवतरण गरेपछि एयरलाइन्सका कर्मचारीहरूले शव फेला पारेका थिए।

बोगोटाको एल डोराडो एयरपोर्टमा आइपुग्दा, एयरलाइन्सका कर्मचारीहरूले विमानको अन्डरक्यारेजमा अनियमित रूपमा उडेका दुई व्यक्तिको शव फेला पारेको एभियान्काले शनिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

एभियान्काले दुई जनाको परिवारप्रति सहानुभूति प्रकट गर्दै हरेक उडानअघि हवाईजहाजको निरीक्षण गर्ने भए पनि विमानस्थल र तिनका प्रतिबन्धित क्षेत्रको सुरक्षा अधिकारीको जिम्मेवारी ररहेको आरोप लगाएका छन् ।

“महान्यायाधिवक्ताको कार्यालयको प्राविधिक अनुसन्धान निकायले हवाईजहाजभित्र भेटिएका १५ देखि २० वर्ष उमेर समूहका अफ्रिकी मूलका शवको राष्ट्रियता र उत्पत्ति पहिचान गर्न तत्काल कारबाही गरिरहेको छ,” महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ।

शवहरूसँग कुनै पनि पहिचान कागजातहरू फेला परेका छैनन् । एकजना डोमिनिकन रिपब्लिकको मुद्रा बोकेर आएका थिए र पुरुषहरूसँग भेटिएको सुटकेसमा त्यस देशको कागजी कार्य थियो, जसले पुरुषहरू त्यही देशमा भएको हुनसक्छ भन्ने सुझाव दिएको बताएका छन् ।

ती खोजहरूले “मानिसहरू जनवरी २ देखि विमानमा सवार हुन सक्ने अनुमान गर्दछ” कार्यालयले भनेको छ । विमानलाई अन्तिम पटक डिसेम्बर २७ मा नियमित मर्मतसम्भार गरिएकोे थियो। महान्यायाधिवक्ताको कार्यालयको अनुसार त्यसपछि बोगोटा, ग्वारुल्होस, साओ पाउलो नजिकै, ब्राजिल र सान्टियागोको यात्रा गरेको थियो । शवहरू जमेको अवस्थामा भेटिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);