पेरिसको एक भवनमा आगलागी हुँदा १० को मृत्यु, ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पेरिसको एक भवनमा आगलागी हुँदा १० को मृत्यु, ३० घाइते

एजेन्सी, २२ माघ । फ्रान्सको राजधानी पेरिसको एक भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । राजधानी पेरिसमा रहेको एक भवनमा एक्कासी आगलागी भएको थियो ।

आगलागीमा परि छ जना अग्नी नियन्त्रकसहित ३० जना घाइते भएका हुन । आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको फ्रन्सेली अधिकारीले जनाएका छन् । आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले आसपासका भवन तथा ब्लकहरु खाली गराउने र बाटो खुलाउने काम गरेका थिए ।

आगो धेरै नै फैलिसकेकाले अग्नि नियन्त्रहरुलाई घटनास्थल पुगेर पनि आगो नियन्त्रणमा कठिन भएको थियो । आगो नियन्त्रणका लागि दुईसय अग्निनियन्त्रक परिचालन गरिएको थियो । धुवाँ र आगोको ज्वालाबाट बच्न मानिसहरु छतको सहारा लिएर बसेको र प्रभावित मानिसहरुलाई बाहिर निकालिएको अग्नि नियन्त्रण सेवाका प्रवक्ता क्लेमेंट काग्नन्ले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण अनुमान गर्न नसकिएको अधिकारीहरुले बताएका छन् । आगलागी भएको क्षेत्र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ । जहाँ आइफिल टावर, पेरिस सेन्टजर्मेनजस्ता पर्यटकीय स्मारक रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);