काश्मिर समस्या शान्तिपूर्ण समाधान हुनु पर्ने पाकिस्तानको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काश्मिर समस्या शान्तिपूर्ण समाधान हुनु पर्ने पाकिस्तानको जोड

kasmir-pakisthan

काठमाडौं, २२ माघ । पाकिस्तानले जम्बू काश्मिर समस्या शान्तिपूर्ण रुपमा समाधान हुनु पर्नेमा जोड दिएको छ ।

मंगलवार जम्मू काश्मिर दिवसका अवसरमा नेपालका लागि पाकिस्तानी राजदुत डाक्टर मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ता कै माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मुलुक दृढ रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको राजदूत जावेदले बताए । दक्षिण एशीयाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदुत जावेदको भनाई छ ।

त्यस अवसरमा राजदुत जावेदले नेपाललाई पाकिस्तानले असल भित्रको रुपमा लिएको उल्लेख गरे । कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कश्मीर विवाद सामधान गर्न संयुक्त राष्ट्रसंघले तत्परता देखाउनु पर्ने उल्लेख गरे । सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका हजारौं नागरिकको सम्झनामा पाकिस्तानले काश्मिर दिवस मनाउदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);