चीनको हेनान प्रान्तस्थित एक मार्शल आर्ट स्कूलमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चीनको हेनान प्रान्तस्थित एक मार्शल आर्ट स्कूलमा आगलागी

एजेन्सी । चीनको एक मार्शल आर्ट स्कूलमा आगलागी हुदाँ १८ जनाको मृत्यु गएको छ भने अन्य १६ जना घाइते भएका छन् । चीनको हेनान प्रान्तको झेचेङ्ग शहरमा शुक्रवार बिहान आगलागी भएको हो । आगलागीमा मृत्यु र घाइते हुनेहरु ७ देखि १६ वर्ष उमेर समूहका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये ४ जनालाई गम्भीर चोटपटक लागेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय सरकारी कर्मचारीका अनुसार आगलागीको बेला विद्यालय परिसरमा करिब ३४ जना विद्याथीहरु थिए ।

आगलागी नियन्त्रणमा आइसकेको र आगो लाग्नुको कारण भने पत्ता नलागेको र स्कूलको प्रबन्धकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जून महिनाको एक हप्तामा मात्रै हेनान र हुबेको खानीमा दुई अलग ग्याँस विष्फोटमा परि ३० भन्दा बढी कामदारहरुको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);