आतंकवादी आक्रमणको सूचना पाएपछि दिल्लीमा उच्च सुरक्षा सतर्कता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आतंकवादी आक्रमणको सूचना पाएपछि दिल्लीमा उच्च सुरक्षा सतर्कता

एजेन्सी, ११ माघ । आतंकवादी आक्रमणको सूचना पाएपछि भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । भारतको गणतन्त्र दिवस २६ जनवरी मगंलबारका दिन आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो ।

सो दिन रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको बताइएको छ ।

भारतमा जारी किसान आन्दोलनको आडमा दिल्ली लगायत देशका विभिन्न स्थान आतंकवादीहरुले हिंसा मच्चाउन सक्ने आशंका गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);