चीनमा भिषण आगलागी, आगो नियन्त्रणका लागि ८ हजार सुरक्षाकर्मी परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चीनमा भिषण आगलागी, आगो नियन्त्रणका लागि ८ हजार सुरक्षाकर्मी परिचालन

चीनको उत्तरी क्षेत्रको भित्री मंगोेलीयाको पहाडमा भिषण आगलागी, आगो नियन्त्रणका लागि ८ हजार सुरक्षाकर्मी परिचालन, आगो अझै नियन्त्रणमा आएन

चीनमा भिषण आगलागी

काठमाडौं । चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मंगोेलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न आठ हजार बडी प्रहरी, सेना तथा सर्वसाधारणलाई परिचालन गरिएको छ ।

मङ्गलबारदेखि सुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि हर सम्भव प्रयास भैरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

ग्रेटर हिङ्गन पहाडमा पर्ने बेइडाहे जङ्गलमा आगलागी भएको हो । बिहीबार बिहानसम्म सो जङ्गलको सात हजार हेक्टर क्षेत्रमा आगलागी फैलिएको आगलागी नियन्त्रणसम्बन्धी क्षेत्रीय कार्यालयले जनाएको छ ।

सुख्खा वनस्पती, तीब्रगतिमा चलिरहेको परिवर्तनशील हावा, उच्च तापक्रम आदिका कारणले आगलागी नियन्त्रण गर्न कठिनाई भइरहेको आगलागी नियन्त्रणमा खटिएकाले बताएका छन् ।

आगो नियन्त्रणका लागि प्रदेश सरकारले अग्नी नियन्त्रक विमानहरु घटनास्थलमा पठाएको जनाएको छ ।

आगलागी भइरहेको प्रदेशको छिमेकी प्रदेश हेइलोङजिअङका झन्डै छ सय अग्नी नियन्त्रक आगो निभाउन घटनास्थलतर्फ जाने तयारीमा रहेका छन् । अहिलेसम्म आगलागीका कारण स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

बसन्त ऋतुको बेला भित्री मङ्गोलीयामा अरू बेलाभन्दा बढी तापक्रम हुने भएकाले आगलागीको जोखिम पनि बढ्ने गरेको छ । सिमाना जोडिएको अर्को जङ्गलमा पनि गत आइतबार आगलागी भएको थियो । त्यो भने अहिले नियन्त्रणमा आइसकेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);