कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट

aago

ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबार बिहान देखि सुरु भएको हो ।

सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको  कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका-६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । ‘भर्खरै एउटा घर जलेर  नष्ट भएको खबर आएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।

 ढडेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका-५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);