गुजरातमा समुन्द्री आँधी आउने भन्दै तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गुजरातमा समुन्द्री आँधी आउने भन्दै तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिदै

samundri aaghi

 एजेन्सी, ३० जेठ । भारतको गुजरात राज्यमा समुन्द्री आँधी आउने भन्दै तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ । सो आँधी गुजरातको तटसँग ठोक्किने छ । ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं स्थानमा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको छ । सम्भावित नोक्सानीलाई रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ । पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । त्यसैगरी रेल सेवालाई पनि बन्द गरिएको छ । पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । १० वटा जिल्लाका स्कुल पनि आगामी शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);