अमेरिकाको शिकागो विमानस्थलमा ३०० यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकाको शिकागो विमानस्थलमा ३०० यात्रु अलपत्र

नयाँ दिल्ली, २ चैत्र । प्राविधिक कारणले एयर इन्डियाको उडान रद्द भएपछि मंगलबारदेखि सिकागो विमानस्थलमा करिब तीन सय यात्रु अलपत्र परेका छन् । कतिपय यात्रुहरूले आफूहरू दिल्ली फर्कने समय थाहा नभएको गुनासो गरेका छन्।

एयर इन्डियाको यो उडान अमेरिकी समय अनुसार मंगलबार दिउँसो १.३० बजे शिकागो अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरी बुधबार दिउँसो २ः२० मा दिल्ली अवतरण गर्ने थियो। सन् १९७१ देखि देशको उत्तरी भागमा शीतलहरको अवस्था कम हुँदै गएको छ । सन् १९७१ देखि देशको उत्तरी भागमा शीतलहरको अवस्था कम भएको जितेन्द्र सिंहले लोकसभामा जानकारी दिए ।

यात्रुहरू करिब २४ घण्टादेखि पर्खिरहेका छन् र अझै पनि एयरलाइन्सले हामीलाई दिने कुनै प्रतिक्रिया नदिएको यस उडानमा बुकिङ गरेका यात्रुले भिडियो सन्देशमार्फत बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एयर इन्डियाका प्रवक्ताले एक विज्ञप्तिमा उडान नम्बर एआई–१२६ प्राविधिक कारणले रद्द गर्नुपरेको बताए । प्रभावित यात्रुलाई सबै सहयोग उपलब्ध गराइएको र वैकल्पिक उडानमा पठाउने प्रयास भइरहेको उनले बताए । हाम्रा यात्रुहरूमा पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।

पछिल्लो दुई दिनमा प्राविधिक कारणले एयर इन्डियाका तीन अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । शिकागोबाट दिल्लीको उडानबाहेक भ्यानकुभरबाट दिल्लीको उडान पनि मंगलबार रद्द गर्नुपरेको स्रोतले जनाएको छ । दुवै उडान बोइङ–७७७ विमानबाट हुने थियो । बुधबार पनि प्राविधिक कारणले पेरिसको विमानस्थलमा विमान ग्राउन्ड गर्नुपरेको थियो । पेरिसदेखि दिल्लीसम्मको उडान यही विमानबाट हुने थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);