एयर इन्डियाको जहाजको ‘ह्विल लक’ भएपछि करिब ४५ मिनेट बन्द भयो धावनमार्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एयर इन्डियाको जहाजको ‘ह्विल लक’ भएपछि करिब ४५ मिनेट बन्द भयो धावनमार्ग

काठमाडौँ । आज दिउँसो ४ः२० देखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग अचानक बन्द भयो ।

उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको हो । उडान नम्बर एआइ२१६ को उक्त जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको थियो ।

विमानमा समस्या देखिपछि उक्त जहाजलाई ट्याक्टरले तानेर धावनमार्गबाट पार्किङमा लगिएको थियो । सोहि समय सम्म विमानस्थलमा अवतरण हुनुपर्ने जहाज आकाशमै होल्ड भएका थिए ।

जहाजमा १७९ जना यात्रु थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);