१७९ यात्रु बोकेको एयर इन्डियाको काठमाडौं–दिल्ली उडानमा प्राविधिक गडबडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

१७९ यात्रु बोकेको एयर इन्डियाको काठमाडौं–दिल्ली उडानमा प्राविधिक गडबडी

काठमाडौ,३१ साउन । एयर इन्डियाको काठमाडौं–दिल्ली उडानमा मंगलबार काठमाडौं विमानस्थलबाट उडान भर्नुअघि नै प्राविधिक समस्या भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुसार धावनमार्गबाट उड्ने विमानको ल्यान्डिङ गियरमा समस्या आएको हो ।

एयर इन्डियाको फ्लाइट–२१६ बिहान ४ः१० बजे काठमाडौं विमानस्थलबाट उड्ने तयारी थियो । ह्वील लकका कारण विमान धावनमार्गमा नै फसेको थियो । जहाजमा १७९ यात्रु थिए, जसलाई पछि डि–बोर्ड गरिएको थियो। ट्रयाक्टरको सहायताले विमानलाई धावनमार्गबाट बाहिर निकालिएको थियो ।

विमान ट्याक्सीवेमा फसेपछि दुई अन्तर्राष्ट्रिय र पाँच आन्तरिक उडान ग्राउण्डेड भएका छन् । सो क्रममा एक घण्टा विमानस्थल अवरुद्ध भएको थियो । विमानलाई ट्याक्सीवेबाट पार्किङ स्थलमा सारिएपछि नियमित उडान सुचारु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);