उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

north korea lockdown

एजेन्सी, १२ चैत। उत्तर कोरियाल दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले बिहीबार सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिका तथा जापानका अधिकारीहरुले बताएका छन् ।

जो बाइडेन अमेरिकामा राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलो पटक गरिएको मिसाइल प्रक्षेपणलाई अमेरिकालाई उत्तेजित गर्न चालिएको कदमका रुपमा विश्लेषण गरिएको छ ।

प्रक्षेपण गरिएको मिलाइललाई सुरुमा जापानका प्रधानमन्त्री योहिहिडे सुगाले ब्यालेस्टिक मिसाइल रहेको पहिचान गरेका थिए । यद्यपी मिसाइलका कुनै पनि भग्नावशेष आफ्नो स्वामित्वको जल क्षेत्रमा नखसेपनि मिसाइल प्रक्षेपणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएको छ ।

दक्षिण कोरियाले पनि सो मिसाइलहरु ब्यालेस्टिक नै रहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधानमा ब्यालेस्टिक मिलाइल प्रक्षेपणमा प्रतिबन्ध लगाइएको छ ।

उत्तर कोरियाको हतियार परीक्षण विगत चार अमेरिकी राष्ट्रपतिहरुका लागि चुनौती बन्दै आएको छ । प्रत्येकले विभिन्न कार्यक्रम तथा प्रस्तावका साथ उत्तर कोरियासँग सो विषयमा वार्ता गर्न खोजेपनि सफल भएका छैनन् । उत्तर कोरियालाई आणविक हतियार र मिसाइलहरु परीक्षण तथा प्रक्षेपण रोक्नका लागि मनाउन असफल भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);