क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भिर घाइते

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी ऋषभ पन्त दुर्घटनामा परेका छन् ।

शुक्रबार बिहान उत्तराखण्डस्थित आफ्नो घर जाने क्रममा रुर्कीको नरसान सीमा हम्मादपुर झाल नजिकै उनी सवार कार अनियन्त्रित भएर रेलिङमा ठोक्किएपछि कारमा आगलागि भएर पल्टिएको हो ।

कारमा लागेको आगो निकै मुस्किलले नियन्त्रणमा आएको थियो ।

सोही क्रममा दुर्घटनामा गम्भीर घाइते भएका पन्तलाई दिल्ली रोडस्थित सक्षम अस्पतालमा भर्ना गरिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

उनको प्लास्टिक सर्जरी त्यहीँ हुने जनाइएको छ ।

खानपुरका विधायक उमेश कुमार पन्तको अवस्था थाहा पाउन अस्पताल पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);